Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देउवालाई ओलीको प्रस्ताव – पुतली सरकार बनाउन भन्दा कांग्रेस र एमाले नै मिलौं

    देउवालाई ओलीको प्रस्ताव – पुतली सरकार बनाउन भन्दा कांग्रेस र एमाले नै मिलौं

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 954
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता सहकार्यको लागि प्रस्ताव गरेका छन् ।

    पाँच दलीय गठबन्धनको नेतृत्व गरेर सरकार चलाइरहेका देउवालाई ओलीले नयाँ सरकार गठनका लागि मिलेर जान आग्रह गरेका हुन् ।



    आफूलाई भेट्न बालकोट आएका कांग्रेस नेता प्रकाशमान सिंहमार्फत ओलीले देउवालाई यस्तो सन्देश पठाएका हुन् । सिंह गत आइतबार नै ओली निवास बालकोट पुगेको भएपनि अहिलेसम्म गुपचुप राखिएको थियो ।



    अहिले नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र , नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजबादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकार छ ।

    मंसिर ४ गते संम्पन्न प्रतिनिधि र प्रदेशसभाको चुनावबाट पहिलो पार्टी बनेको कांग्रेसलाई दोस्रो ठूलो पार्टी एमालेले नै सरकारका लगि प्रस्ताव गरेपछि सत्ता समिकरणमा जोड घटाउ सुरु भएको छ भने साना दलहरु भित्रभित्रै भाँड्ने प्रयासमा लागेका छन् ।

    सत्ता गठबन्धनको पनि बहुमत नपुगेको अवस्थामा ओलीले पुतली जस्तो सरकार बनाउनु भन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिने प्रस्ताव गरेको हुन् ।

    ओलीसँग भएको कुराकानीबारे सिंहले बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गरिसकेको बालुवाटार स्रोत बताउँछ । सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपाको १३४ सिट पुगेको छ ।

    माधवकुमार नेपालको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन नसकेको अवस्थामा देउवाले अर्को एउटा सानो दल खोज्नु पर्ने हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार