Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अहिलेसम्मकै महंगो फिल्म ‘अवतार–द वे अफ वाटर’ भोलिबाट प्रदर्शनमा आउँदै

    अहिलेसम्मकै महंगो फिल्म ‘अवतार–द वे अफ वाटर’ भोलिबाट प्रदर्शनमा आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 645
    SHARES

    काठमाडौं । हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’नेपालमा शुक्रवारदेखि प्रदर्शन हुँदैछ।

    नेपालका मल्टिप्लेक्सहरुमा उच्च शो पाएको यस फिल्मले विदेशमा भने समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ।



    फिल्म ‘अवतार: द वे अफ वाटर’ सन् २००९ मा रिलिज भएको ‘अवतार’ को सिक्वेल हो। सो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र हो। जसकारण पनि संसारभरिका दर्शकका लागि ‘अवतार’ को यो संस्करण बहुप्रतिक्षित छ।



    ‘अवतार’ झैँ यसमा पनि मानवीयता र लालच बीचको द्वन्द्वलाई फिल्ममा समेटिएको छ । मानवीय लालचले गर्दा प्रकृतिमा पुगिरहेको क्षतिलाई यसमा कलात्मक हिसाबले प्रस्तुत गरिएको छ ।

    न्युजिल्यान्डमा स्थापना गरिएको एक विशाल पौडीपोखरीको सेटमा पानीमुनि छायांकन गरिएको फिल्म ‘अवतार स् द वे अफ वाटर’ मा ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टनले अभिनय गरेका छन् । यस्तै, फिल्ममा नाभी नेयत्री अर्थात् नायिकाको भूमिकामा जोय साल्दानाले अभिनय गरेकी छन् ।

    फिल्ममा भिन डिजेल र ‘टाइटानिक’ स्टार केट विन्सलेटको समेत विशेष भूमिका छ ।

    दुई सय ५० मिलियन डलरर्समा बनेको फिल्मलाई क्यानडियन फिल्ममेकर जेम्स क्यामरूनले निर्देशन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार