Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पोर्चुगल विश्वकपबाट बाहिरिएपछि मुख्य प्रशिक्षक फर्नान्डो बर्खास्त

    पोर्चुगल विश्वकपबाट बाहिरिएपछि मुख्य प्रशिक्षक फर्नान्डो बर्खास्त

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 843
    SHARES

    एजेन्सी । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन् ।

    कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग टिम पराजित भएपछि पोर्चुगल फुटबल महासंघले उनलाई बर्खास्त गरेको हो ।



    विश्वकपको नकआउट र क्वाटरफाइनलमा खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो ।



    स्विट्जरल्याण्ड र मोरक्कोसँगको खेलमा रोनाल्डो दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

    पहिलोपटक क्वार्टरफाइनल पुगेको ​मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोसको आलोचना थप बढेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार