Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • फ्राइडे रिलिज : हलिउड फिल्म ‘अवतार–द वे अफ वाटर प्रदर्शनमा

    फ्राइडे रिलिज : हलिउड फिल्म ‘अवतार–द वे अफ वाटर प्रदर्शनमा

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आज शुक्रवार नेपाली सिनेमा हलमा एक मात्रै विदेशी फिल्म प्रदर्शनमा आएको छ। बहुप्रतिक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ आजबाट रिलिज भएको हो।

    सोलो रिलिजको मौका पाएको यस फिल्मले मल्टिप्लेक्स हलहरुमा उच्च शो पाएको छ। एप्पल इन्टरटेनमेन्टले नेपाल भित्र्याएको यस फिल्मले बक्सअफिसमा राम्रो कमाई गर्ने हलवालाको आशा छ।



    फिल्म ‘अवतार: द वे अफ वाटर’ सन् २००९ मा रिलिज भएको ‘अवतार’ को सिक्वेल हो। सो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र हो। जसकारण पनि वर्षपछि रिलिज हुन लागेको ‘अवतार’को दोस्रो संस्करण संसारभरिका दर्शकका लागि बहुप्रतिक्षित छ।



    ‘अवतार’ झैँ यसमा पनि मानवीयता र लालच बीचको द्वन्द्वलाई फिल्ममा समेटिएको छ । मानवीय लालचले गर्दा प्रकृतिमा पुगिरहेको क्षतिलाई यसमा कलात्मक हिसाबले प्रस्तुत गरिएको छ ।

    न्युजिल्यान्डमा स्थापना गरिएको एक विशाल पौडीपोखरीको सेटमा पानीमुनि छायांकन गरिएको फिल्म ‘अवतार स् द वे अफ वाटर’ मा ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टनले अभिनय गरेका छन् । यस्तै, फिल्ममा नाभी नेयत्री अर्थात् नायिकाको भूमिकामा जोय साल्दानाले अभिनय गरेकी छन् ।

    फिल्ममा भिन डिजेल र ‘टाइटानिक’ स्टार केट विन्सलेटको समेत विशेष भूमिका छ ।

    दुई सय ५० मिलियन डलरर्समा बनेको फिल्मलाई क्यानडियन फिल्ममेकर जेम्स क्यामरूनले निर्देशन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार