Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अन्तर्राट्रिय कोदो वर्ष २०२३ को पूर्वसन्ध्यामा भारतीय राजदूतावासद्वारा कृषि भेलाको आयोजना

    अन्तर्राट्रिय कोदो वर्ष २०२३ को पूर्वसन्ध्यामा भारतीय राजदूतावासद्वारा कृषि भेलाको आयोजना

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 837
    SHARES

    काठमाडौं । भारतीय राजदूतावासको आयोजनामा भारत–नेपाल कृषि भेला सम्पन्न भएको छ । अन्तर्राट्रिय कोदो वर्ष २०२३ को पूूर्वसन्ध्यामा दूूतावासले विहिबार आयोजना गरेको कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद्ले पनि सहभागिता जनाएको थियो ।

    कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माको नेतृत्वमा नेपाली टोली सहभागी भएका थिए ।



    संयुक्त राष्ट्र संघले सन् २०२१ मा छ दर्जन भन्दा बढी देशको समर्थनमा सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षको रुपमा मनाउने प्रस्ताव पारित गरेकोे थियो । भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो ।



    भारतले नौ विभिन्न प्रजातिका करिब १७ मिलियन टन कोदो उत्पादन गर्दछ जुन विश्वव्यापी उत्पादनको लगभग २० प्रतिशत हो । भारत–नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको र विशेष गरी कृषि अनुसन्धान, विकास र शिक्षा सम्बन्धी सहयोगात्मक परियोजनामा केन्द्रित ‘कृषिमा भारत–नेपाल नयाँ साझेदारी’ मा आधारित छ । भारत र नेपाल कोदो लगायतका विभिन्न कृषि उत्पादनका लागि एक अर्काका महत्वपूर्ण व्यापारिक साझेदार हुन् ।

    भेलालाई सम्बोधन गर्दै दूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व रहेको चर्चा गरेका थिए ।

    त्यसैगरी कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणका निर्देशक डा. तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि प्राधिकरणले गरेको निर्यात प्रर्वद्धन र क्षमता अभिवृद्धि प्रयासको बारेमा विस्तृत जानकारी दिएका थिए ।

    सो अवसरमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नेपालमा कोदोको महत्वबारे चर्चा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार