Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

    कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 690
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा १० वर्षीया छोरीलाई बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन्।

    बुधबार दोधारा चाँदनी नगरपालिकाका २७ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले मंगलबार राति नाबालिका छोरीमाथि बलात्कार गरेको भन्ने आरोपमा लागेको छ ।



    प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

    घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

    बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार