Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्पेनिस खेलाडी मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आउँदै

    स्पेनिस खेलाडी मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 867
    SHARES

    काठमाडौं । स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । बिहीवार लुम्बिनी गार्डेन फाउण्डेशनले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।

    काथेरेन्यो एफसीले नेपालमा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लब पनि हो। स्पेनिस क्लबले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा गण्डकी–११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ।



    गण्डकी ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गर्नेछन्। त्यसैगरी पुस १४ गते काठमाडौँको दशरथ रंगशालामा काठमाडौँ–११ सँग प्रतिस्पर्धा गर्नेछ। काठमाडौं ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले गर्नेछन्।



    स्पेनिस क्लब काथेरेन्योसँग स्पेनका पूर्वराष्ट्रिय खेलाडीसहित ला लिगा फुटबल क्लब रियल माद्रिद, बार्सेलोना र एथलेतिको माद्रिद जस्ता ठूला क्लबमा खेलेका अनुभवी खेलाडी रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार