Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालेनको टिप्पणी – राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने एउटै सरकारमा !

    बालेनको टिप्पणी – राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने एउटै सरकारमा !

    'प्रजा सधै सास्तीमा'

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन् ।

    नयाँ सरकार गठनलगत्तै बालेनको यस्तो टिप्पणी आएको हो । उनले प्रजा भने सधैँ सास्तीमा रहेको उल्लेख गरेका छन् ।



    उनले सामाजिक सञ्जालमा लेखेका छन्– राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा हामी प्रजा सधैँ सास्तीमा ।” आज मात्रै नेकपा प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन् ।



    सात राजनीतिक दलहरूको समर्थनसहित आइतबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् । जसअनुसार दाहालले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार