Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बालेनविरुद्ध सडकमा उत्रिन नेता कार्यकर्तालाई विप्लवको निर्देशन

    बालेनविरुद्ध सडकमा उत्रिन नेता कार्यकर्तालाई विप्लवको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध सडकमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    महासचिव विप्लवले बुटवलको शिवगढीमा आयोजित १३० औँ माओ दिवसलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरका मेयर बालेनले सुकुम्बासीलाई दुःख दिएको भन्दै यस्तो निर्देशन दिएका हुन् ।



    साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादलाई कहिल्यै आत्मसात् नगरको आरोप लगाएका छन् ।



    प्रचण्डले माओवादको सिद्धान्त बिर्सिएको आरोप लगाउँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डमा एकै प्रवृत्ति रहेको र दुवै सत्तालिप्त नेता भएको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार