Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • उपत्यकामा आज यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ३.४ डिग्रीमा झर्‍यो

    उपत्यकामा आज यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ३.४ डिग्रीमा झर्‍यो

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 645
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ। मंगलबार भन्दा आज चिसो धेरै छ । उपत्यकाको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको हो ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस छ। हिजो मंगलबार साँझ ५ः४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।



    हाल देशको प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।



    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको कारण प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार