Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा अस्पताल भर्ना

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 570
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको स्वास्थ्य बिग्रिएको छ । मोदी आमालाई भेट्न अहमदाबाद पुगेका छन् ।

    उनीसँगै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र केही राज्यमन्त्री पनि छन् । यसअघि मंगलबार राति अचानक स्वास्थ्य बिग्रिएपछि हिराबेनलाई अहमदाबादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।



    अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ्यको निरन्तर अनुगमन गरिरहेको छ । अस्पतालले बुधबार दिउँसो एक हेल्थ बुलेटिन जारी गर्दै हिराबेनको स्वास्थ्य अहिले स्थिर रहेको जनाएको छ ।



    हिराबेनले गत जुनमा आफ्नो १०० औँ जन्मदिन मनाएकी थिन् । त्यसबेला पनि प्रधानमन्त्री मोदी उनलाई भेट्न आएका थिए । उता कांग्रेस नेता राहुल गान्धीले हिराबाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार