Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इजरायलमा नेतान्याहु बने छैटौँ पटक प्रधानमन्त्री

    इजरायलमा नेतान्याहु बने छैटौँ पटक प्रधानमन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । विगत दुई वर्षदेखि सत्ताबाहिर रहेका इजरायली नेता बेन्जामिन नेतान्याहु इजरायलको प्रधानमन्त्री निर्वाचित भएका छन् ।

    प्रधानमन्त्री पदमा यसपटक शपथ लिएसँगै उनले अहिलेसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बन्ने कीर्तिमान बनाएका छन् ।



    उनले विहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई संसदको १२० सदस्य मध्ये ६३ सांसदको समर्थन छ भने ५४ सांसदको उनको सरकारको विपक्षमा मतदान गरे ।



    नेतान्याहुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् ।

    कीर्तिमानी उपलब्धिका लागि बधाई सन्देश दिँदै पुटिनले भनेका छन्, ‘तपाईको नेतृत्वमा इजरायलको नयाँ सरकारले मध्यपूर्वमा शान्ति र सुरक्षा कायम राख्ने र रसिया र इजरायलबीचको पारस्परिक सहयोगको सम्बन्धलाई सुदृढ गर्दै दुवै देशका जनताको हितमा काम गर्ने विश्वास लिएको छु ।’

    यसैबीच युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि नेतान्याहुलाई प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका छन् ।

    उनले आफ्नो देश इजरायलसँग गहिरो सम्बन्ध बनाउन र साझा चुनौतीहरूको सामना गर्न मिलेर काम गर्न तयार रहेको सन्देशमा बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार