Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पृथ्वी जयन्ती मनाउन राप्रपाले बनायो समिति, सार्वजनिक बिदा दिन माग

    पृथ्वी जयन्ती मनाउन राप्रपाले बनायो समिति, सार्वजनिक बिदा दिन माग

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 849
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रियप प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पृथ्वी जयन्ती तयारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।



    पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ।



    नेपाली नाम र नेपाली पहिचान दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने पनि राप्रपाले जनाएको छ। राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन पनि माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार