Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रतिनिधिसभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न सर्वदलीय बैठक बस्दै

    प्रतिनिधिसभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न सर्वदलीय बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 522
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।

    प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न दिउँसो १ बजे सर्वदलीय बैठक बस्न लागेको हो ।



    बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।



    बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको छ ।

    गएको निर्वाचनपछि संसद्को पहिलो बैठक यही पुस २५ गते बस्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार