Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन मस्यौदा कार्यदलको बैठक सुरु

    न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन मस्यौदा कार्यदलको बैठक सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 528
    SHARES

    काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने तयारीमा जुटेको कार्यदलको बैठक सुरु भएको छ ।

    एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको हो ।



    बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताए । सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ।



    विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ । कार्यदलको बैठक बिहीबार पनि बसेको थियो ।

    कार्यदलका एक सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार