Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हावाहुरीका कारण हुम्लाको हवाई सेवा अवरुद्ध

    हावाहुरीका कारण हुम्लाको हवाई सेवा अवरुद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 675
    SHARES

    काठमाडौं । हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ।

    बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ।



    नेपालगंज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन्।



    जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि दुई दिनदेखि जिल्ला बाहिर जानका लागि उडान हुन नसक्दा हातमा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका छन्।

    हुम्लादेखि नेपालगंज र सुर्खेत जाने यात्रु तथा नेपालगंज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ।

    घाम लागेपछि दिनहुँ बिहान ८-९ बजेपछि मात्र उडान हुँदै आएकोमा बिहीबारदेखि हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार