Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • इरानमा थप दुई प्रदर्शनकारीलाई दिइयो मृत्युदण्ड

    इरानमा थप दुई प्रदर्शनकारीलाई दिइयो मृत्युदण्ड

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 1K
    SHARES

    एजेन्सी । इरानमा शनिबार दुई जनालाई मृत्युदण्ड दिइएको छ ।

    एक युवतीको हिरासतमा मृत्यु भएको विरोध प्रदर्शनका क्रममा अर्धसैनिक बलका एक सदस्यको हत्या गरेको अभियोगमा दोषी ठहरिएपछि उनीहरुलाई मृत्युदण्ड दिइएको न्यायपालिकाले जनाएको छ ।



    डिसेम्बरमा दुई पुरुषलाई मृत्युदण्ड दिइएको थियो, जसले विश्वव्यापी आक्रोश फैलाएको थियो ।



    हिजाब विरोधी प्रदर्शनमा सहभागी भएकालाई पक्राउ गरी सरकारले विभिन्न मुद्दा दायर गरेको छ । प्रदर्शनका क्रममा कम्तीमा चार सय जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार