Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ब्राजिलमा पूर्वराष्ट्रपतिको समर्थनमा दंगामा उत्रिएका १५ सय प्रदर्शनकारी पक्राउ

    ब्राजिलमा पूर्वराष्ट्रपतिको समर्थनमा दंगामा उत्रिएका १५ सय प्रदर्शनकारी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 606
    SHARES

    एजेन्सी । ब्राजिलमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोको समर्थनमा दंगामा उत्रिएका प्रदर्शनकारी मध्ये १५ सय जना पक्राउ परेका छन् ।

    राजधानी ब्रासिलियामा गत आइतबार प्रदर्शनमा उत्रिएका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरुले संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालत जस्ता संवेदनशील निकायमा प्रवेश गरेर तोड्फोड गरेका हुन् ।



    पक्राउ परेकाहरुलाई कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।



    यसैबीच राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कंग्रेस भवनमा छिरेर हुलदंगा गर्ने जो कोहीलाई कडा सजाय गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार