Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ

    बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 471
    SHARES

    हेटौंडा। वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् ।

    सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् ।



    मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् ।



    राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् । मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए ।

    उनले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने बताएका छन् । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । ४ राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार