Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ६ दलको समर्थनमा सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    ६ दलको समर्थनमा सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 543
    SHARES

    जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

    बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।



    यादवले ६३ प्रदेशसभा सदस्यको समर्थनसहितको पत्र बुझाएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।



    उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेकका सबै दलले समर्थन गरेका छन् ।

    नेकपा (एमाले)का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन जनाएका हुन् ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मधेस प्रदेशको नेतृत्व जसपा र जनमतले आलोपालो गरी लिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार