Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रदेश १ को सभामुख चयन आज ,गौतम निर्विरोध निर्वाचित हुँदै

    प्रदेश १ को सभामुख चयन आज ,गौतम निर्विरोध निर्वाचित हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 669
    SHARES

    विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ ।

    प्रदेशसभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि बिहीवार बिहान ११ बजे प्रदेशसभा बैठक बस्दैछ । बैठकले गौतम निर्वाचित भएको घोषणा गर्नेछ ।



    प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् । माओवादी उम्मेदवार गौतमलाई सत्तापक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।



    माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश सभाको पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए ।

    दोस्रो कार्यकालमा गौतम सभामुख बन्नेछन् । प्रदेशको उपसभामुखको निर्वाचन पुस ३० गतेका लागि तोकिएको छ । सत्तारुढ गठबन्धनबीच भागबण्डा गर्दा प्रदेशको मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।

    बिहीवारै गौतमले शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम हुनेछ । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार