Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेबाट सभामुखमा घिमिरे उम्मेदवार

    एमालेबाट सभामुखमा घिमिरे उम्मेदवार

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 594
    SHARES

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ।

    झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलका तर्फबाट सभामुखको उम्मेदवार बनाउन लागिएको हो ।



    एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो ।



    यसअघि एमालेबाट सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईले सभामुखमा आकांक्षा राखेपनि एमाले अध्यक्ष ओलीले विश्वकर्मा र भट्टराई भन्दा घिमिरे उपयुक्त हुने भन्दै उनैलाई अघि सारिएको हो ।

    प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार