Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 561
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् ।

    बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।



    बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । छलफल सकिएपछि उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ ।



    त्यस्तै, सभामुख उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गरिरहेको छ ।

    सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराइसकेका छन्। बिहीबार प्रतिनिधि सभामा सभामुखका लागि मतदान हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार