Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ओमानलाई हराउँदै इराकले जित्यो अरेबियन गल्फ कपको उपाधि

    ओमानलाई हराउँदै इराकले जित्यो अरेबियन गल्फ कपको उपाधि

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 495
    SHARES

    एजेन्सी । ओमानलाई हराउँदै इराकले अरेबियन गल्फ कपको उपाधि जितेको छ ।

    इराकको बसरा अन्तर्राष्ट्रिय रंगशालामा भएको रोमाञ्चक फाइनलमा ओमानको चुनौती ३-२ ले पन्छाउँदै घरेलु टोलीले उपाधि जितेको हो ।



    इराकको जितमा इब्राहिम बायेश, अमजद अत्तवान र मनाफ युनिसले गोल गरे । यस्तै ओमानका लागि सलाह अल-याह्याई र ओमार अल मल्कीले गोल गरे । यो सँगै इराकले चौथो पटक उपाधि जितेको हो ।



    यसअघि सन् १९७९, १९८४ र १९८८ मा उपाधि जितेको थियो । ओमानले सन् २००९ र २०१७ मा उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार