Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विश्व भेट्रान्स टेबल टेनिसमा नेपाललाई स्वर्ण

    विश्व भेट्रान्स टेबल टेनिसमा नेपाललाई स्वर्ण

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 462
    SHARES

    काठमाडौं । ओमानको मस्कटमा जारी २० औँ विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ ।

    आज शनिबार सम्पन्न पुरुष ४५ वर्ष माथिको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनीश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् ।



    नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको मस्कटबाट प्रशिक्षक अनिता महर्जनले जानकारी गराएकी छिन् ।



    नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्याल र नेपालीहरूको उपस्थिति रहेको खेलाडी दुलालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार