Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओमानविरुद्ध नेपालको सानदार जित, एकैपटक तालिकामा दुई स्थान माथि उक्लियो

    ओमानविरुद्ध नेपालको सानदार जित, एकैपटक तालिकामा दुई स्थान माथि उक्लियो

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तगर्तको त्रिकोणात्मक सिरिजको खेलमा ओमानविरुद्ध नेपालले सानदार जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएको हो।

    ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टाएको हो।



    नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५२ रनको अर्धशतकीय पारी खेले। आक्रामक ब्याटिङ गरेका उनले ४६ बलमा ४ चौका र २ छक्काको मद्धतमा ५२ रन बनाएका हुन्। त्यस्तै आसिफ शेखले ४४ बलमा ४० रनको योगदान दिए। कुशल भुर्तेलले ६ रन, रोहित पौडेलले ६ रन बनाए।



    बलिङमा ओमानका नेस्टोर धम्बाले २ र कलिमुल्लाहले एक विकेट लिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई १ सय २२ रनकाे लक्ष्य दिएको थियो। नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि ओमान १ सय २१ रनमा अल आउट भएको थियो।

    नेपालको बलिङमा सन्दीप लामिछाने र करन केसीले समान ४ विकेट लिएपछि ओमान सस्तैमा समेटिएको थियो। यस्तै शरद भेषावकरले २ विकेट लिए। लामिछानेले १८ रन खर्चेर ४ विकेट लिएका हुन् भने करनले २५ रन खर्चेका थिए।

    ओमानका लागि जिसन महसुदले ४१ रन बनाए। त्यसैगरी जितेन्दर सिंहले १४ र नमिस खुशीले १२ रन बनाएका थिए। नेपाल यसअघिको खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो। सिरिजको अर्को खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले अमेरिकासँगको दोस्रो खेलमा ६ विकेटको हार बेहोरेको थियो।

    यससँगै नेपाल ७ राष्ट्र सम्मिलित लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। नेपालले ८ खेलबाट ८ अंक जोडेको छ। तालिकाको शीर्षस्थानमा ओमान रहँदा दोस्रो स्थानमा अमेरिका छ। स्कटल्याण्ड तेस्रो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार