Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सई उमा र सहायक हवल्दार सुदर्शन बने प्रदेश १ को सर्वोत्कृष्ट प्रहरी

    सई उमा र सहायक हवल्दार सुदर्शन बने प्रदेश १ को सर्वोत्कृष्ट प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 519
    SHARES

    विराटनगर । प्रहरी नायव निरीक्षक (सई) उमा कुमारी गुरुङ र प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेती प्रदेश नम्बर एकको पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत सई गुरुङ र मोरङमा कार्यरत सहायक हवल्दार कालाखेतीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।



    उनीहरुले उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित निकिता होटलबाट देह व्यपारमा संलग्न ७ जना पुरुष र ६ जना महिलालाई नियन्त्रणमा लिइएको, लिम्चुङबुङ गाउपालिका२ कि अपाङ्गता महिलालाई पटक करणी गर्ने आरोपित बाबु, छोरालाई पक्राउ गरी कसुर बमोजिमको मुद्धा दायर गरी पिडित महिलाको उद्धार गर्न महवपूर्ण भुमिका निर्वाह गरेका छन् ।



    प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरिका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ ।

    सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिनासम्म राख्दै आएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार