Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विमान दुर्घटनामा परेका एक जनाको अवस्था अझै अज्ञात

    विमान दुर्घटनामा परेका एक जनाको अवस्था अझै अज्ञात

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 504
    SHARES

    काठमाडौं । पोखरा विमान दुर्घटनामा बेपत्ता भएका एकजनाको अवस्था अझै अज्ञात रहेको छ । दुर्घटना भएको एक हप्ता बितिसक्दा पनि एकजनाको अवस्था अझै अज्ञात रहेको रहेको हो ।

    नेपाली सेनाले दिनहुँ खोज्ने काम जारी राखे पनि शव भेटिएको छैन् । रात परेकाले आजका लागि खोजी कार्य स्थगित गरिएको सेनाले जनाएको छ ।



    यस्तै पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी सकेको छैन । शव अत्यधिक जलेका कारण फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो ।



    काठमाडौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागले जनाएको छ ।

    माघ १ गते आइतबार यती एयरको विमान दुर्घटनामा परेको थियो । जसमा सवार ७२ जनाध्ये ७१ जनाको शव भेटिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार