Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्वास्थ्य राज्यमन्त्री कार्की भन्छिन् – भिडिओ कसले खिच्यो थाहा भएन, मृत्युमाथि राजनीति नगरौं

    स्वास्थ्य राज्यमन्त्री कार्की भन्छिन् – भिडिओ कसले खिच्यो थाहा भएन, मृत्युमाथि राजनीति नगरौं

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 588
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि प्रष्टीकरण दिएकी छन् ।

    उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू बिरामी भेट्नमात्र अस्पताल पुगेको बताउँदै भिडिओबारे केही कुरा थाहा नभएको जिकिर गरेकी हुन् ।



    आफूले सम्पूर्ण स्वास्थ्य सावधानी अपनाएर आत्मदाहको प्रयासपछि अस्पताल पुर्याएका प्रेम आचार्यलाई भेटेको बताएकी छन् । आचार्यलाई भेटन जाँदा स्वास्थ्य सम्बेदनशीलतामा ध्यान नदिएको भन्दै आलोचना भएपछि डा. कार्कीले आफू चिकित्सक पनि भएकाले स्वस्थ्य सम्वेदनशीलतामा कुनै सम्झौता नगरेको स्पष्ट पारेकी छन् ।



    उनले पूरै भिडियो भए हेरेर प्रतिक्रिया दिन र आफ्नो धारणा तय गर्न पनि आग्रह गरेकी छन् । उनले ज्यान गुमाइसकेका व्यक्तिको मृत्यु माथि राजनीति नगर्न आग्रह समेत गरेकी छिन् ।

    संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आचार्यले आत्मदाहको प्रयास गरेपछि उनलाई कीर्तिपुरस्थित बर्न हस्पिटल पुर्याएको थियो । त्यहाँ उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

    आचार्यलाई अस्पताल पुर्याउन बित्तिकै डा. कार्की उनलाई भेट्न पुगेकी थिइन् । जहाँ उनले आचार्यसँग दोहोरो संवादसमेत गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार