Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नारायणमान बिजुक्छे भन्छन् – कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न मिल्दैन, प्रतिपक्षमा बस्नु पर्छ

    नारायणमान बिजुक्छे भन्छन् – कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न मिल्दैन, प्रतिपक्षमा बस्नु पर्छ

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 534
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने बताएका छन् ।

    रक्त सञ्चार क्लबको १३ औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले यस्तो बताएका हुन् ।



    उनले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरु केही पनि नहुने बताए ।



    निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणापत्रभन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरुलाई नरहेको पनि उनको भनाई छ । सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार