Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नारायणमान बिजुक्छें भन्छन् – निःस्वार्थ राजनीतिले देशको आर्थिक उन्नति गतिशील बनाउँछ

    नारायणमान बिजुक्छें भन्छन् – निःस्वार्थ राजनीतिले देशको आर्थिक उन्नति गतिशील बनाउँछ

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 693
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले निःस्वार्थ रूपमा गरिएको राजनीतिले देशको आर्थिक उन्नति गतिशील बनाउने बताएका छन् ।

    मंगलवार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २५औं वार्षिकोत्सवको अवसरमा उनले सो कुरा बताएका हुन् ।



    उनले राज्यको उन्नति एवं प्रगतिमा राजनीतिले मुख्य भूमिका खेल्ने बताए ।



    विद्यार्थीले अध्ययन सँगसँगै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिको विषयमा पनि चासो राखी देश र समाजको निःस्वार्थ सेवा गर्ने भावनाले अगाडि बढ्नुपर्ने औंल्याउँदै उनले विद्यार्थी जीवनदेखि विद्यार्थीलाई असल राजनीति गर्नतर्फ उत्प्रेरित गर्दै लैजानुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार