Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • युरोपेली युनियनद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजना निरीक्षण

    युरोपेली युनियनद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजना निरीक्षण

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 750
    SHARES

    काठमाडौं । युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।

    युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।



    आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०-१३२-३३ केभीको क्रमशः चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् ।



    साथै चिलिमे हबदेखि त्रिशूली थ्रीबी हब सबस्टेशनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान छ ।

    युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (ईआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । युनियनको उच्चस्तरीय टोलीले त्रिशूली थ्रीबी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार