Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ईयूको टोली नेपाल आउने, हवाई प्रतिबन्ध सूचीबारे सेफ्टी अडिट गर्ने

    ईयूको टोली नेपाल आउने, हवाई प्रतिबन्ध सूचीबारे सेफ्टी अडिट गर्ने

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाललाई सन् २०१३ देखि हवाई प्रतिबन्ध सूचीमा राखेको युरोपेली युनियन (ईयू) को टोली सेफ्टी अडिट गर्न नेपाल आउने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ईयूले निकट भविष्यमा नेपालमा सेफ्टी अडिट गर्न आउनेबारे पत्राचार भएको जानकारी दिए ।



    यस्तो पत्राचार शुक्रबार प्राप्त भएको र यो नेपालका लागि ठूलो अवसर भएको उनले बताए ।



    ईयू नेपालमाविना शर्त अडिट गर्न आउन तयार भएको भन्दै नेपाल अधिकतम तयारीका साथ प्रस्तुत हुने उनले बताए ।

    यसअघि यसै वर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मूल्यांकनमा नेपालले औसत भन्दा राम्रो नतिजा ल्याएको र यो ईयूको हकमा समेत सहयोगी हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार