Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 540
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    आज जंगी अड्डामा भएको कार्यक्रममा प्रधान सेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    नेपाल सरकार, मन्त्रिपरिषद्को माघ २३ गते भएको निर्णयअनुसार भट्टलाई उपरथी दर्जामा पदोन्नति गरेको थियो ।



    दर्ज्यानी चिह्न प्रदान गरिएसँगै भट्टराईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।

    त्यसैगरी, सहायक रथी दर्जामा बढुवामा भएका अर्का एक सैनिक अधिकृत र महासेनानी दर्जामा बढुवा भएका चार जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार