Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • भ्रष्टाचार नियन्त्रण गर्न सुदृढ राजनीतिक प्रतिवद्धता चाहिन्छ : राष्ट्रपति भण्डारी

    भ्रष्टाचार नियन्त्रण गर्न सुदृढ राजनीतिक प्रतिवद्धता चाहिन्छ : राष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 555
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकासमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताइन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।



    राष्ट्रपति भण्डारीले मुलुक र संविधानप्रतिको निष्ठा एवं जनताप्रतिको समर्पणबाट मात्र भ्रष्टाचार न्यूनिकरण हुँदै जाने बताइन् । उनले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याउने बताइन् ।



    राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने बताइन् ।

    भ्रष्टाचारले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पतीको दोहन, द्वन्द्वको सिर्जना र अन्तर्राष्ट्रिय सम्मानमा समेत कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेकोमा उनको जोड छ ।

    उनले संस्थागत रूपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने कार्य आयोगको एकल प्रयासबाट मात्रै सम्भव नहुने राष्ट्रपति भण्डारीको भनाइछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार