Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नयाँ सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको दिवाभोज

    नयाँ सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको दिवाभोज

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 591
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गरेकी छिन् ।

    राष्ट्रपति कार्यालय शितल निवासमा शनिवार अपराह्न साढे ३ बजेदेखि कार्यक्रम आयोजना गरिएको हो ।



    फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भइसकेकाले राष्ट्रपति भण्डारीले चियापान कार्यक्रममार्फत् बिदाइको संकेत दिएकी हुन्। उनको कार्यकाल फागुन २८ सकिँदैछ ।



    चियापान तथा दिवाभोज कार्यक्रममा संघीय सांसदसँगै विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति छ।

    कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली तथा सरकारका मन्त्रीहरुको उपस्थिति रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार