Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अमेरिकाको एक विश्वविद्यालयमा गोलीचल्दा तीन जनाको मृत्यु

    अमेरिकाको एक विश्वविद्यालयमा गोलीचल्दा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 465
    SHARES

    एजेन्सी । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

    अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार बिहान विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ । अभियुक्तको खोजी भइरहेको छ ।



    गोलीकाण्डबारे जानकारी प्राप्त हुनेबित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारीसाधन विश्वविद्यालय पुगेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार