Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब ९४ करोड

    सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब ९४ करोड

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 510
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.६० अंकले घटेको छ। सोमबार परिसूचक २३.६० अंकले घटेर २ हजार ४६ विन्दुमा झरेको हो।

    उच्च अंकले घटेको बजारमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १७७ कम्पनीको घटेको छ।



    ३८ हजार ४१५ कारोबार मार्फत ६० लाख ९१ हजार ३५३ किता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाखमा सीमित छ ।



    त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको सोमबार २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ।

    सोमबारको १३ उपसुचकहरु मध्ये म्युचुआल फण्ड र ट्रेडिङ बाहेक सबै कम्पनीमा आरालो लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार