Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

    पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 396
    SHARES

    फाइल तस्विर

    वीरगञ्ज । पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका-४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो ।

    हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१–०२७ च ०३०३ नम्बरको भ्यानले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।



    कोचिङ क्लास पढेर घर फर्किने क्रममा भ्यानले ठक्कर दिँदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएका थिए ।



    उपचारको क्रममा बिहान सवा १० बजे तराई अस्पताल वीरगञ्जमा बालकको मृत्यु भएको हो ।

    दुर्घटनापश्चात फरार रहेका सवारी चालक चितवन माडी नगरपालिका–३ का २५ वर्षीय पदमबिलास पन्तलाई प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार