Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • महन्थलाई कांग्रेस सभापति देउवाको जवाफ – राष्ट्रपतिबारे हामी पार्टीभित्र छलफल गर्छौं

    महन्थलाई कांग्रेस सभापति देउवाको जवाफ – राष्ट्रपतिबारे हामी पार्टीभित्र छलफल गर्छौं

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 453
    SHARES

    काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल भएको छ ।

    महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने माग लिएर लोसपा नेताहरूले कांग्रेसका सभापति शेरबहादुर देउवासंग छलफल गरेका हुन् ।



    छलफलपछि लोसपा नेता शरदसिंह भण्डारीले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने विषयमा कांग्रेस सकारात्मक रहेको बताए ।



    देउवाको भनाई उद्धृत गर्दै उनले भने, ‘ महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौं । कांग्रेसले आधिकारिकरूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन । तपाईँ-हामी एलायन्समा छौं । सहमतिको परस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ।’

    भण्डारीका अनुसार लोसपा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले ठाकुर पनि सहमति भएको अवस्थामा राष्ट्रपतिका लागि उपयुक्त भएको देउवाको भनाइ थियो ।

    लोसपाका नेताहरुले मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।प्रधानमन्त्री प्रचण्डबाट बारम्बार राष्ट्रिय सहमति भनिरहेकाले अहिले बाहिर आइरहेको नाममा ठाकुर नै उपयुक्त भएको भण्डारीको जिकिर थियो ।

    राष्ट्रपतिका विषयमा भएको छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र लोसपाबाट अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार