Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपतिमा एमालेकै उम्मेदवार विजयी हुन्छ : महासचिव पोखरेल

    राष्ट्रपतिमा एमालेकै उम्मेदवार विजयी हुन्छ : महासचिव पोखरेल

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 492
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ राष्ट्रपति एमालेबाटै हुने बताएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको सार्वजनिक भइरहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    पोखरेलले भने, ‘निर्वाचनमा जीत–हार स्वभाविक हो। पराजित भइएला भनेर उम्मेदवारी नदिने कुरा आउँदैन । तर, यसपटकपनि राष्ट्रपति निर्वाचनमा एमालेकै उम्मेदवार विजयी हुनेमा हामी विश्वस्त छौँ।’



    आगामी राष्ट्रपतिको उम्मेदवार पार्टीबाटै हुने र विजयी हुने पोखरेलको दावी छ। सत्तागठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति जुट्न सकिरहेको छैन् ।

    ओलीले पछिल्लो समय एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम प्रस्ताव गरेका थिए । एकिकृत समाजवादी भने यतिबेला नेपाली कांग्रेससँगको गठबन्धनमा आवद्ध छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार