Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सात महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब, आयात–निर्यात दुवैमा कमी

    सात महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब, आयात–निर्यात दुवैमा कमी

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 510
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आयातमा नगद मार्जिन हटाउँदा पनि नबढेपछि सात महिनामा १९ दशमलव ९० प्रतिशतले आयात घटेको छ । निर्यातमा पनि २९ दशमलव शून्य ३ प्रतिशतले कमी आएको छ ।

    सरकारले विलासिता वस्तुको आयात कडाइमा प्रतिबन्ध लगाएर फुकुवा गर्दा पनि आयात नबढेको हो । यद्यपि, गत साउनदेखि माघसम्मको अवधिमा सबैभन्दा बढी आयात माघ महिनामा भएको छ ।



    गत आर्थिक वर्ष २०७८÷७९ साउनदेखि माघसम्ममा ११ खर्ब ४७ खर्ब रुपैयाँबराबरको आयात भएको थियो । चालू आवको सोही अवधिमा ९ खर्ब १९ अर्ब रुपैयाँबराबरको मात्र आयात भएको भन्सार विभागको तथ्यांक छ ।



    गत आवको साउनदेखि माघसम्ममा १ खर्ब ३१ अर्ब रुपैयाँबराबरको सामान निर्यात भएकामा चालू आवको सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँबराबरको मात्र सामान निर्यात भएको छ ।

    आयात र निर्यात दुवै घट्दा गत वर्षको तुलनामा व्यापार घाटा पनि १८ प्रतिशतले घटेको छ । गत आव २०७८÷७९ को साउनदेखि माघसम्ममा १० खर्ब १५ अर्ब रुपैयाँबराबरको व्यापार घाटा भएकामा चालू आवको सोही अवधिमा ८ खर्ब २५ अर्ब रुपैयाँ घाटा भएको छ ।

    भन्सार विभागको तथ्यांकनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत छ भने आयातको हिस्सा ९ दशमलव २३ प्रतिशत छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार