Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई महाठग र पातकिको संज्ञा दिँदै सूर्य थापाले मागे राजीनामा

    प्रधानमन्त्री प्रचण्डलाई महाठग र पातकिको संज्ञा दिँदै सूर्य थापाले मागे राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 927
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छेपारे प्रवृत्तिको नयाँ वाहक बनेको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले प्रधानमन्त्री प्रचण्डलाई महाठग र पातकिको संज्ञा दिदै एमालेले दिएको प्रधानमन्त्रीको पदबाट राजीनामाको मागसमेत गरेका हुन् ।



    उनले प्रधानमन्त्री हुनका लागि १३८ जना सांसदको समर्थन निरन्तर हुनुपर्ने बताउँदै अब ७९ जना सांसदको मात्र समर्थन अहिले रहेको दाबी गरे ।



    ‘२०७९ पुस १० गते १६९ सांसदको समर्थनमा प्रधानमन्त्री भएका थियौ। फागुन १५मा आइपुग्दा ७८+१४= ९२ जनाको समर्थन फिर्ता भएको घोषणा भइसकेको थाहा भएकै होला’, थापाले भनेका छन्, ‘यसमा १९ जनाको तर्फबाट मन्त्री हुनेहरूले राजिनामा दिएर बाहिरिएको एक महिनाभन्दा बढी नै भएको सम्झना रहेको होला नै ! अब बाँकी रह्यो–७९ मात्रै।’

    दुई महिनाअघि आफूहरुले दिएको पदबाट राजीनामा गर्न उनले अनुरोध गरेका छन् ।

    यस्तो छ प्रधानमन्त्री प्रचण्डलाई थापाको पत्र :

    कीर्तिमानी छेपारो महोदय,
    २०७९ पुस १० गते १६९ सांसदको समर्थनमा प्रधानमन्त्री भएका थियौ। फागुन १५मा आइपुग्दा ७८+१४= ९२ जनाको समर्थन फिर्ता भएको घोषणा भइसकेको थाहा भएकै होला ! यसमा १९ जनाको तर्फबाट मन्त्री हुनेहरूले राजिनामा दिएर बाहिरिएको एक महिनाभन्दा बढी नै भएको सम्झना रहेको होला नै१ अब बाँकी रह्यो-७९ मात्रै ।

    प्रधानमन्त्री बन्न र निरन्तर हुन १३८ जनाको साथ र समर्थन निरन्तर हुनैपर्छ। अब सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला प्रजातिको भएँ भन्ने स्वघोषणा स्वयंमा अवसरवाद, नांगो धोका, बेइमानी र महाठगी एवं पातकी काइदा हो।

    कमसेकम दुई महिनाअघि हामीले दिएको पदबाट राजिनामा गरेर यस्तो अनैतिक धृष्टता, फट्याइँ र धोकेबाजको कलंकको कीर्तिमानी तेज धावकको परिचय बदल्ने हो कि ? हुन त दुधको साक्षी बनेको लोभी बिरालो म्याउँ गरिरहेका बेला यस्तो सुझावको के मतलब होला र !

    नियुक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौला ? तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको यो ? एक सय मुसा हजम गरेर बिरालो हज गर्न बाटो लागेजस्तो बेशरम त नहुनु नै उचित होला। र, रंग फेरिरहे छेपाराको पनि इज्जत जो हुन्छ, सोलाई माटोमा त नमिलाउने हो कि ?

    उही तिम्रो
    १६९ मध्येको भूतपूर्व मित्र !

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार