Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • तमाखु सल्काएर खाने क्रममा आगलागी हुँदा गुमानेको मृत्यु

    तमाखु सल्काएर खाने क्रममा आगलागी हुँदा गुमानेको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 489
    SHARES

    फाइल तस्विर

    रोल्पा । रोल्पामा घर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

    सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का ५० वर्षीय गुमाने घर्ती मगरको मृत्यु भएको हो ।



    स्थानीय भूपनारायण घर्तीको ढोका नभएको, मानिस बसोबास नगर्ने खाली घरमा गुमाने घर्तीले तमाखु सल्काएर खाने क्रममा आगलागी भएको थियो ।



    सोही आगलागीमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार