Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चीनले अमेरिकालाई भन्यो – ताइवानसँग हतियार कारोबार बन्द गर्नू

    चीनले अमेरिकालाई भन्यो – ताइवानसँग हतियार कारोबार बन्द गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 708
    SHARES

    एजेन्सी । चीनले अमेरिकालाई ताइवानसँग हतियार कारोबार बन्द गर्न आग्रह गरेको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायतका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गरेका हुन् ।



    अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने अनुमति दिएको छ ।



    त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता निङले पत्रकार सम्मेलनमा चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लंघन भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार