Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादीविरुद्ध मुद्दा हालेर देशलाई गृहयुद्धतिर लान खोजियो : देवेन्द्र पौडेल

    माओवादीविरुद्ध मुद्दा हालेर देशलाई गृहयुद्धतिर लान खोजियो : देवेन्द्र पौडेल

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 630
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन्।

    पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था उसैलाई साक्षी राखेर उल्ट्याएर देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन्।



    उनले भने,‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको बताए। त्यसैको संकेतका रुपमा अदालतको प्रकरण बुझ्न सकिन्छ, यसको हामी प्रतिवाद गर्छौं। प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोलिटकल’ भाषा हो, त्यसलाई अदालतमा लैजानु गम्भीर त्रूटि हो। हामीले राजनीतिक, वैचारिक हिसाबले प्रतिवाद गर्छाैं।’



    २०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा राजनीतिक भाषा भएको बताउँदै त्यसलाई अदालतले हेर्न नमिल्ने जिकिर गरे। शान्तिप्रक्रिया टुंग्याउन माओवादीहरु एकठाउँमा आउनुको विकल्प नभएको उनले बताए।

    अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी–विदेशी शक्ति लागिपरिरहेको बताउँदै उनले पूर्वमाओवादीहरु एक ढिक्का हुुनुपर्ने बताए।

    विगतमा शान्ति प्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिहरुले न्यायलयलाई प्रभावित पार्ने काम भएको उनले आरोप लगाए ।माओवादी आन्दोलन र तत्कालीन ७ दलको सहमतिविपरीत केही तत्वहरुले अहिलेको प्रणालीको मजा लिइरहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार