Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पेट्रोल खाँदा दोलखामा २१ महिने बालकको मृत्यु

    पेट्रोल खाँदा दोलखामा २१ महिने बालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 546
    SHARES

    फाइल फोटो

    दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा एक नाबालकको पेट्रोल सेवनबाट मृत्यु भएको छ ।

    सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको मृत्यु भएको हो।



    बुधबार बिहान करिब १० बजे घरमा राखेको पेट्रोल बालकले सेवन गरेका थिए ।



    बाबु मुरारीले बाइकमा पेट्रोल हालेर पाइपसहित कोठामा राखेको पेट्रोल बालकले सेवन गरेको परिवारले जनाएको छ ।

    पेट्रोल सेवनबाट बेहोस भएका बालकको उपचारका क्रममा धुलिखेल अस्पताल, दोलखामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार