Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आरजुलाई बाँस्कोटाको चुनौती – लौन भाउजु, उपनिर्वाचनमा बिनावैशाखी उम्मेदवार उठाउनुस्

    आरजुलाई बाँस्कोटाको चुनौती – लौन भाउजु, उपनिर्वाचनमा बिनावैशाखी उम्मेदवार उठाउनुस्

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 738
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले तत्कालै हुन लागेको उपचुनावमा बिनावैशाखी चारतारे उम्मेदवार उठाउन नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई चुनौती दिएका छन् ।

    एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाको गृहजिल्ला काभ्रे पुगेर आरजुले आफ्नो जितमा ‘सूर्यमुखी कांग्रेस’को हात रहेको टिप्पणी गरेपछि बाँस्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो जवाफ फर्काएका हुन् ।



    ‘आरजु भाउजुले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चश्माले मंसीरलाई पनि हरियै देखेछ । म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु । लौन भाउजु, तत्कालै हुन लागेको उपचुनावमा विना वैशाकी चारतारे उमेदवार उठाएर देखाउनुस् त,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।



    शनिबार कांग्रेसको भ्रातृ संगठन तरुण दलको कार्यक्रममा आरजुले घण्टी कांग्रेसजस्तै सूर्यमुखी कांग्रेसले पार्टीका उम्मेदवार हराएको दाबी गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार