Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 564
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. अरुण शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच अरुण शर्मालाई प्रधानसेनापति शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ ।



    नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले शर्मालाई बढुवा गर्ने निर्णय गरेको थियो ।



    पदोन्नती भएका प्राविधिक उपरथी डा. अरुण शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल को) को महानिर्देशकमा नियुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार