Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप : डा. महत अर्थमन्त्री पक्का

    कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप : डा. महत अर्थमन्त्री पक्का

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 456
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारूढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहँदा नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदहरूको दौडधुप बढेको छ । कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको छ ।

    शेरबहादुर देउवालाई संसदीय दलको नेतामा मत दिएका नेताहरू सभापति देउवाको धुम्बाराहीस्थित निवासमा धाइरहँदा इतर समूहका नेता डा। शेखर कोइरालाको निवास मण्डिखाटार र महामन्त्री गगन थापाको निवास रातोपुलमा पनि भीडभाड छ । यस्तै, पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहमाथि पनि उनको ठमेलस्थित निवासबाट मन्त्रीका लागि धुम्बाराहीमा नाम पठाउन दबाब छ ।



    यस्तै, राष्ट्रपतिमा देउवाको रुचाइमा नपरेका अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि केही सांसद मन्त्रीका लागि सिफारिस गरिदिन भन्दै धाइरहेका छन् । यस्तै, पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पनि केही सांसदले मन्त्री बनाइदिन भन्दै धाइरहेका छन् ।



    ‘सभापतिदेखि महामन्त्री र पूर्वमहामन्त्रीको निवासमा कोटामा मन्त्री बनाइदिन भन्दै सांसदहरू धाइरहेका छन्, संख्या कम छ, आश्वासन धेरैले पाइरहेका छन्,’ सोमबार देउवा निवासबाट बाहिरिँदै गरेका एक जना केन्द्रीय सदस्यले भने ।

    कांग्रेसले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सात मन्त्री र एक राज्यमन्त्री लिने लगभग शीर्ष तहमा सहमति बनिसकेको छ । सो सहमतिनुसार पनि कांग्रेस सभापति देउवाले संस्थापन पक्ष र इतर पक्षलाई समेटेर मन्त्री तय गर्नुपर्ने छ । सिंह र सिटौलालाई पनि मिलाउनुपर्ने चुनौती देउवामाथि छ ।

    संस्थापन समूहबाट प्रधानमन्त्रीपछिको वरीयता लिनेगरी कांग्रेसले उपप्रधानसहितको रक्षा वा शिक्षा मन्त्रालयको जिम्मा दिएर उपसभापति पूर्णबहादुर खड्कालाई पठाउने निश्चित छ । यस्तै, संस्थापन पक्षबाटै अर्थमन्त्रीमा कांग्रेस प्रवक्तासमेत रहेका डा. प्रकाशसरण महत आफूलाई पठाउनेमा ढुक्क छन् । एनपी साउद र सीता गुरुङलाई पनि सरकारमा मन्त्री बनाएर पठाउने देउवाको तयारी रहेको स्रोत बताउँछ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार